Intermediate

A/V + ㄴ/는다, N + 이다

Grammar Meaning & Usage

नेपालीमा व्याख्या(Nepali Explanation)

लिखतममा यो शैलीले लेख्नु पर्दछ। कुनै व्याख्यात्मक लेख, औपचारिक समाचार, निबन्ध इत्यादि लेख्दा यो व्याकरणको प्रयोग गरिन्छ।
TOPIK II 쓰기 परिक्षाको 53 र 54 नम्बरको उत्तर दिदा यो व्याकरणको प्रयोग गर्नु पर्दछ।
TOPIK II 쓰기 परिक्षाको 53 र 54 नम्बरको उत्तर दिदा बोलिचालीमा प्रयोग गरिने 아/어요, औपचारिक अवस्थामा प्रयोग गरिने ㅂ/습니다 को प्रयोग गर्न पाइदैन। यो ‘
ㄴ/는다’ व्याकरण कै प्रयोग गर्नु पर्दछ।
KIIP Level Test मा पनि 읽기 प्रश्नमा यहि व्याकरण प्रयोग भएको हरफ (paragraph) हुने भएकोले यो व्याकरण जान्न जरुरी छ।

Conjugation Rule & Structure

नियम (Nepali Structural Rule):

वर्तमान काल: विशेषणमा केहि परिवर्तन नगरी जस्ताको तस्तै हुन्छ। जस्तै: 많다 → 많다 예쁘다 → 예쁘다 क्रियापदको धातुको अन्त्यमा 받침 भएमा 는다 हुन्छ। जस्तै: 먹다 → 먹는다 앉다 → 앉는다 क्रियापदको धातुको अन्त्यमा 받침 नभएमा ㄴ다 हुन्छ। जस्तै: 가다 → 간다 보다 → 본다 नामपदको अन्त्यमा 받침 भएपनि नभएपनि 이다 हुन्छ। जस्तै: 학생 → 학생이다 주부 → 주부이다 तर नामपदको अन्त्यमा 받침 नहुदा 이다 लाई छोट्याएर 다 मात्र लेख्ने पनि गरिन्छ। जस्तै: 주부 → 주부다 भुतकाल: क्रिया र विशेषण दुवैको धातुको अन्त्यमा 아/오 भएमा '았다' हुन्छ। जस्तै: 많다 → 많았다 가다 → 갔다 क्रिया र विशेषण दुवैको धातुको अन्त्यमा 아/오 नभएमा '었다' हुन्छ। जस्तै: 먹다 → 먹었다 적다 → 적었다 नामपदको अन्त्यमा 받침 भएमा 이었다 हुन्छ। जस्तै: 학생 → 학생이었다 नामपदको अन्त्यमा 받침 नभएमा 였다 हुन्छ। जस्तै: 주부 → 주부였다 भविष्यत काल: क्रिया र विशेषण दुवैको धातुको अन्त्यमा 받침 भएमा '을 것이다' हुन्छ। जस्तै: 먹다 → 먹을 것이다 작다 → 작을 것이다 क्रिया र विशेषण दुवैको धातुको अन्त्यमा 받침 नभएमा 'ㄹ 것이다' हुन्छ। जस्तै: 가다 → 갈 것이다 예쁘다 → 예쁠 것이다

Interactive Example Sentences

01.

지난 주에 친구들과 같이 제주도에 갔다.

गत हप्ता साथीहरुसँग जेजुदोमा गए।

02.

그 사람은 내 여동생이다.

यो व्यक्ति मेरो बहिनी हुन्। यो व्याकरण लिखतममा प्रयोग गरिने भएकोले यो लिंकमा एक अनलाइन (लिखत) समाचार हेर्नु होला। यो समाचारको सम्पुर्ण विषयवस्तु बुझ्न नसकेता पनि वाक्यको अन्तिममा '보도했다, 공개했다, 수치다, 증가했다' जस्ता शदहरु हेर्नु होला। यसरी पत्रपत्रिकामा (लिखतम) समाचार '는다' व्याकरणको प्रयोग गरेर लेखिएको हुन्छ। यहि वेबसाइटको अरु समाचारहरु पनि हेरेर अभ्यास गर्नु होला। https://www.yna.co.kr/view/AKR20230221125100009?section=economy/international-economy

FAQS

Answers to the questions we hear most often.

Have more questions?

Contact for support Team

Contact Us

No. Focus on keywords, context clues, and emotion-related expressions to understand the overall meaning.

Read the question first, identify emotional clues, and pay attention to words such as 하지만, 그러나, 그래서 that may show a change in feeling.

Practice short reading passages regularly, build your vocabulary, and learn to identify main ideas, emotions, and context clues without translating every sentence.

Important words include 기쁘다 (happy), 속상하다 (upset), 걱정하다 (worried), 실망하다 (disappointed), and 감동하다 (moved).

Your journey start today

Ready to start your Korean journey?

Take mock exams, track your progress, and build confidence with real exam-style practice tests.

Start UBT Mock Test